दफा
परिभाषा
: विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अस्पताल” भन्नाले दफा १६ बमोजिम स्थापना भएको अस्पताल सम्झनु पर्छ ।
(ख) “अस्पताल व्यवस्थापन समिति” भन्नाले दफा १७ बमोजिम गठन भएको अस्पताल व्यवस्थापन समिति सम्झनु पर्छ ।
(ग) “उपकुलपति” भन्नाले दफा २० बमोजिमको उपकुलपति सम्झनु पर्छ ।
(घ) “कार्यकारी परिषद्” भन्नाले दफा ११ बमोजिम गठन भएको कार्यकारी परिषद् सम्झनु पर्छ ।
(ङ) “कुलपति” भन्नाले दफा १८ बमोजिमको कुलपति सम्झनु पर्छ ।
(च) “छनौट समिति” भन्नाले दफा १३ बमोजिम गठन भएको छनौट समिति सम्झनु पर्छ ।
(छ) “डीन” भन्नाले दफा २३ बमोजिमको डीन सम्झनु पर्छ ।
(ज) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(झ) “निर्देशक” भन्नाले दफा २४ बमोजिमको निर्देशक सम्झनु पर्छ ।
(ञ) “पिछडिएको क्षेत्र” भन्नाले हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, बाजुरा, बझाङ र अछाम जिल्ला सम्झनु पर्छ।
(ट) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्झनु पर्छ ।
(ठ) “प्राज्ञिक परिषद्” भन्नाले दफा ९ बमोजिम गठन भएको प्राज्ञिक परिषद्सम्झनु पर्छ ।
(ड) “रजिष्ट्रार” भन्नाले दफा २२ बमोजिमको रजिष्ट्रार सम्झनु पर्छ ।
(ढ) “शिक्षक” भन्नाले प्रतिष्ठानमा अध्यापन तथा अनुसन्धान गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(ण) “शिक्षाध्यक्ष” भन्नाले दफा २१ बमोजिमको शिक्षाध्यक्ष सम्झनु पर्छ ।
(त) “शैक्षिक संस्था” भन्नाले दफा १५ बमोजिम स्थापना भएको शैक्षिक संस्था सम्झनु पर्छ ।
(थ) “सभा” भन्नाले दफा ७ बमोजिम गठन भएको सभा सम्झनु पर्छ ।
(द) “सहकुलपति” भन्नाले दफा १९ बमोजिमको सहकुलपति सम्झनु पर्छ ।