दफा २१
शिक्षाध्यक्ष
: (१) प्रतिष्ठानको शैक्षिक तथा प्राज्ञिक कार्यको रेखदेखको लागि उपकुलपतिको सिफारिसमा सहकुलपतिले शिक्षाध्यक्षको नियुक्ति गर्नेछ ।
(२) शिक्षाध्यक्ष प्रतिष्ठानमा पूरा समय काम गर्ने पदाधिकारी हुनेछ ।
(३) शिक्षाध्यक्षको पदावधि चार वर्षको हुनेछ ।
(४) शिक्षाध्यक्षको अन्य काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त
तोकिए बमोजिम हुनेछ ।