नियम ४०
दस्तुर
(१) बन्दीप्रत्यक्षीकरणको आदेशको लागि दिइने निवेदनपत्रमा कुनै दस्तुर लाग्ने छैन ।

(२) निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने निवेदनपत्र दिँदा पाँचसय रूपैयाँ दस्तुर लाग्नेछ । (३) यस नियमावलीबमोजिम लिखित जवाफ पेस गर्दा पचास रूपैयाँ दस्तुर लाग्नेछ । तर सरकारी कार्यालयबाट पेस हुने लिखित जवाफमा कुनै दस्तुर लाग्ने छैन ।