नियम
स्रेस्तेदार
(१) अदालतको प्रमुख भै काम गर्ने न्यायाधीशको निर्देशन र नियन्त्रणमा रही स्रेस्तेदारले अदालतको प्रशासकीय कार्य गर्नेछ ।

(२) प्रचलित कानून र यस नियमावलीको अधीनमा रही अदालतको छाप अभिलेख चल अचल सम्पत्ति स्रेस्तेदारको जिम्मामा रहनेछ । (३) अदालतको प्रमुख भै काम गर्ने न्यायाधीशको निर्देशन र नियन्त्रणमा रही अदालतको आर्थिक प्रशासन सञ्चालन गर्ने कार्य स्रेस्तेदारले गर्नेछ ।