दफा
पदावधि

(१) मनोनीत सदस्यहरुको पदावधि चार वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरुको पुनः मनोनयन हुन सक्नेछ ।

(२) पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी पदावधिको लागि दफा ३ को प्रकृया बमोजिम पद पूर्ति गरिनेछ ।

(३) सदस्यले राजीनामा गरेमा निज आफ्नो पदबाट मुक्त भएको मानिनेछ ।

(४) कुनै सदस्यले आफ्नो कर्तव्य पालन गरेको छैन भन्ने लागेमा परिषद्को सिफारिशमा नेपाल सरकारले त्यस्तो सदस्यलाई जुनसुकै बखत हटाउन सक्नेछ । त्यस्तो कारवाही गर्दा सम्बन्धित सदस्यलाई सफाई दिने मौकाबाट बञ्चित गरिने छैन ।