दफा २७
सजाय
(१) परिषद्को कुनै कर्मचारीले जानी जानी वा लापरवाही गरी वा बदनियतसाथ परिषद्लाई हानी नोक्सानी पुर्याएमा निजबाट बिगो असूल गरी निजलाई तीन महीनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुबै सजाय हुनेछ ।
(२) परिषद्को कुनै कर्मचारीले परिषद्को लेखापरीक्षण गर्ने कार्यमा खटिएका लेखापरीक्षकलाई निजको काम काजमा बाधा अवरोध गरेमा वा निजले मागेको आवश्यक लिखत वा सूचना नदिएमा त्यस्तो कर्मचारीलाई दुईहजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
(३) उपदफा (१) र (२) मा लेखिएदेखि बाहेक परिषद्को कुनै कर्मचारीले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप हुने गरी कुनै काम कारबाही गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।