दफा
परिभाषा

विषय वा प्रसंगले अर्काे अर्थ नलागेमा यस ऐनमाः–

(क) “परिषद्” भन्नाले दफा ३ बमोजिम स्थापना भएको राष्ट्रिय खेलकूद परिषद् सम्झनु पर्छ ।

(ख) “अध्यक्ष” भन्नाले परिषद्को अध्यक्ष सम्झनु पर्छ ।

(ग) “सदस्य” भन्नाले परिषद्को सदस्य सम्झनु पर्छ र सो शब्दले परिषद्को अध्यक्ष, उपाध्यक्ष, सदस्य–सचिव र कोषाध्यक्षलाई समेत जनाउँनेछ ।

(घ) “सदस्य–सचिव” भन्नाले परिषद्को सदस्य–सचिव सम्झनु पर्छ ।

(ङ) “खेलकूद विकास समिति” भन्नाले दफा १२ बमोजिम गठित खेलकूद विकास समिति सम्झनु पर्छ ।

(च) “खेलकुद सम्बन्धी संस्था” भन्नाले दफा १३ बमोजिम दर्ता भएको संस्था सम्झनु पर्छ ।

(छ) “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।