नियम
परिभाषा
  विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमा–
(क) “ऐन” भन्नाले गोरखापत्र कर्पोरेशन ऐन, २०१९ लाई सम्झनु पर्छ ।
(ख) “शेयर” भन्नाले कर्पोरेशनको निर्धारित शेयर सम्झनु पर्छ ।
(ग) “लाभाँश” भन्नाले शेयरमा मुनाफाको रूपमा दिईने रकम सम्झनु पर्छ र यो शब्दले बोनसलाई समेत जनाउ“छ ।
(घ) “प्रतिनिधि” भन्नाले रीतपूर्वक अधिकार प्राप्त प्रतिनिधि सम्झनु पर्छ ।
(ङ) “सचिव” भन्नाले समितिको सचिव भै काम गर्ने म्यानेजि· डाइरेक्टरलाई जनाउँछ ।