दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) "आन्तरिक क्रण" भन्नाले नेपाली नागरिक, सङ्गठित संस्था, बैङ्क वा वित्तीय संस्थाबाट लिइने क्रण सम्झनु पर्छ ।

(ख) "आयोग" भन्नाले नेपालको संविधानको धारा २५० बमोजिमको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सम्झनु पर्छ।

(ग) "एजेन्सी" भन्नाले अन्तर्राष्ट्रिय बैङ्क वा वित्तीय संस्था सम्झनु पर्छ।

(घ) “क्रणपत्र" भन्नाले देहाय बमोजिमका क्रृणपत्र सम्झनु पर्छ र सो शब्दले त्यस्तो क्रणपत्रको व्याज भुक्तानी पुर्जालाई समेत जनाउँछ:-

(१) स्टक,

(२) प्रमिशरी नोट,

(३) बियरर बण्ड,

(४) प्राईज बण्ड,

(५) नेपाल राष्ट्र बैड्घबाट जारी गरिने क्रणपत्र, र (६) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकि दिएको अन्य कुनै क्रणपत्र ।

(ङ) "कार्यालय" भन्नाले दफा ३ बमोजिमको सार्वजनिक क्रण व्यवस्थापन कार्यालय सम्झनु पर्छ।

(च) "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

(छ) "मन्त्रालय" भन्नाले नेपाल सरकार, अर्थ मन्त्रालय सम्झनु पर्छ ।

(ज) "वैदेशिक क्रण" भन्नाले विदेशी सरकार, विदेशी सरकारी बैङ्क वा वित्तीय संस्था वा एजेन्सीसँग विदेशी मुद्रामा लिइएको क्रृण बापत तिर्नुपर्ने बाँकी रकमको योग सम्झनु पर्छ ।

(झ) "सङ्गठित संस्था" भन्नाले प्रचलित नेपाल कानून बमोजिम गठन तथा संस्थापना भएको सङ्गठित संस्था सम्झनु पर्छ ।

(ज) "सार्वजनिक क्रण" भन्नाले आन्तरिक वा वैदेशिक क्रण र त्यस्तो क्रण परिचालन गर्दा सिर्जना भएको वित्तीय दायित्व सम्झनु पर्छ ।

(ट) "स्थानीय तह" भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।