दफा २५
बरबुझारथ
(१) कर्मचारी सरुवा वा बढुवा हुदा वा अवकाश प्राप्त गर्दा वा लामो अवधिमा काजमा वा बिदामा रहँदा आफ्नो जिम्मामा रहेको नगदी जिन्सी वा सरकारी कागजात म्याद तोकिएकोमा तोकिएको म्यादभित्र र म्याद नतोकिएकोमा एक्काइस दिनभित्र तोकिएबमोजिम बरबुझारथ गरी तोकिएको ढाँचामा बरबुझारथको प्रमाणपत्र लिनु पर्नेछ ।
(२) कुनै मनासिब कारणले उपदफा (१) बमोजिमको म्यादभित्र बरबुझारथ गर्न नसकिएमा म्यादभित्र बरबुझारथ गर्न नसकिएको कारण खोली सम्बन्धित तालुक कार्यालयमा निवेदन दिई निकासा भई आए बमोजिम गर्नु पर्नेछ ।
(३) उपदफा (१) र (२) बमोजिम बरबुझारथ हुन नसकेकोमा सम्बन्धित लेखा उत्तरदायी अधिकृतले समय निर्धारण गरी त्यसरी निर्धारण गरिएको समयभित्र आवश्यक जाँचबुझ गराउन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम जाँचबुझ गर्दा लापरबाही गरी बरबुझारथ गर्न बाँकी राख्ने जिम्मेवार व्यक्तिलाई लेखा उत्तरदायी अधिकृतले पचास रूपैयाँसम्म जरिवाना गरी मनासिब म्याद दिई बरबुझारथ गर्न लगाउनेछ ।
(५) उपदफा (४) बमोजिम दिइएको म्यादभित्र पनि बरबुझारथ नगर्ने व्यक्ति बहालवाला कर्मचारी भए प्रचलित कानुन बमोजिम निजको तलब भत्ता रोक्का राखी र बहाल टुटेको व्यक्ति भए निजको निवृत्तभरण वा उपदान रोक्का राखी एवं निवृत्तभरण, उपदान नपाउने वा उपदान लिइसकेको व्यक्ति भए प्रहरीद्वारा पक्राउ गर्न लगाई बरबुझारथ गर्न लगाइनेछ ।
(६) समयमा बरबुझारथ नगरेको कारणबाट सरकारी नगदी, जिन्सी वा धनमाल कुनै नोक्सान भएमा नोक्सान भएको रकम र सोही बराबरको बिगो रकम प्रचलित नेपाल कानुन बमोजिम सम्बन्धित व्यक्तिबाट असुल उपर गरिनेछ ।
(७) बरबुझारथ गर्ने अन्य प्रकृया तोकिए बमोजिम हुनेछ ।