दफा ३५
पुनरावेदन
यो ऐन र यस ऐन अन्तरगत बनेको नियम बमोजिम कुनै जरिवाना वा बेरुजु व्यहोर्नु पर्ने गरी भएको निर्णयको सम्बन्धमा चित्त नबुझेमा र दफा ३४ बमोजिम दिएको निवेदनको सम्बन्धमा भएको निर्णय उपर चित्त नबुझेमा चित्त नबुझ्ने व्यक्ति वा कर्मचारीले
त्यस्तो निर्णय पाएको पन्ध्र दिनभित्र सजाय गर्ने अधिकारी भन्दा एक तह माथिको अधिकारी समक्ष पुनरावेदन गर्न सक्नेछ र त्यसरी परेको पुनरावेदनको सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले दिएको निर्णय अन्तिम हुनेछ ।