दफा ३३
सजाय
(१) यस ऐनको विभिन्न दफामा सजायकोव्यवस्था गरिएकोमा बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूको उल्लंघन गरेमा निजलाई दफा ३१ बमोजिमको अधिकारीले पचास रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम सजाय तथा जरिवाना गर्नु पर्नेमा कुनै अधिकारीले सजाय तथा जरिवाना नगरेमा त्यस्तो अधिकारीलाई एक तहमाथिको अधिकृतले पहिलो पटक चेतावनी र दोस्रो पटकदेखि पचास रूपैयाँसम्म जरिवाना गर्नेछ ।