दफा ३५
मतपत्र
(१) आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन
प्रणाली अन्तर्गत हुने निर्वाचनका लागि निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतपत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ प्रत्येक उम्मेदवार र समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन प्रयोजनको लागि आयोगमा दर्ता भएका दलका लागि दफा ३१ बमोजिम प्रदान गरिएको निर्वाचन चिह्न सहितको मतदान गर्ने कोठा हुनेछ ।
(३) मतपत्र सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।