दफा ५१
मतगणना
(१) निर्वाचन अधिकृतले दफा ५० बमोजिमको सूचनामा उल्लेख गरिएको स्थान, मिति र समयमा तोकिए बमोजिम मतगणना गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मतगणना गर्ने स्थान, मिति र समयमा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा तोकिए बमोजिमका मतगणना प्रतिनिधि उपस्थित रहन सक्नेछन् ।
(३) यस ऐन बमोजिम कुनै निर्वाचन क्षेत्रको कुनै मतदान केन्द्रमा पुन मतदान गर्नु पर्ने भएमा त्यस्तो मतदान केन्द्रको मतदानको कार्य समाप्त नभएसम्म सो निर्वाचन क्षेत्रको अन्य मतदान केन्द्रको मतगणना प्रारम्भ गरिने छैन ।