नियम ६०
अध्ययन बिदा
(१) नेपाली सेनालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा सम्बन्धित विभागीय प्रमुखको स्वीकृति लिई खुल्ला प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने सैनिक व्यक्तिले अध्ययन अवधिभर अध्ययन बिदा पाउनेछ ।
(१क) नेपाली सेनालाई उपयोगी र आवश्यक हुने कुनै विषयमा स्वदेशस्थित कुनै विश्वविद्यालय वा त्यस अन्तर्गतको कुनै अध्ययन संस्था बा संकायबाट प्राप्त छात्रवृत्ति वा कोटामा बा नेपाल सरकारको खर्चमा अध्ययनको लाग मनोनयन गर्न नेपाली सेनाबाट सिफारिस भई मन्त्रालयबाट स्वीकृत भएमा सैनिक व्यक्तिलाई सौ अध्ययन अवधिभर अध्ययन बिदा दिन सकिनेछ ।
(२) सैनिक व्यक्तिले सेवा अवधिभरमा एकैपटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर नेपाल सरकारले आवश्यक ठानेको अवस्थामा अध्ययन बिदाको अवधिमा दुई वर्षसम्म थप गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन विदा लिई गएको सैनिक व्यक्तिलाई अध्ययन पुरा गरेर सेवामा हाजिर नभई थप विषयमा अध्ययन गर्न वा थप उपाधी हासिल गर्नको निमित्त
पुन स्वीकृति तथा अध्ययन विदा दिइने छैन ।
(४) अध्ययन बिदामा बसेको सैनिक व्यक्तिले पूरा तलब पाउनेछ ।
(५) तीनवर्ष सैनिक सेवा अवधि नपुगी कुनै पनि सैनिक व्यक्तिले अध्ययन बिदा पाउने छैन ।
(६) अध्ययन बिदामा बस्ने सैनिक व्यक्तिले अध्ययन गर्न जानुभन्दा अघि त्यस्तो अध्ययन पूरा गरी फर्केर आई आफ्नो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रुपमा सेवा गर्ने कबुलियत अनुसूची–११ बमोजिमको ढाँचामा गर्नु पर्नेछः–
अध्ययनको अवधि सेवा गर्नु पर्ने न्यूनतम अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) तीन महिनादेखि छ महिनासम्म डेढ वर्ष
(ग) छ महिनादेखि नौ महिनासम्म दुई वर्ष
(घ) नौ महिनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म पाँच वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्षदेखि पाँच वर्षसम्म आठ वर्ष
(७) सैनिक व्यक्तिले अध्ययन पूरा गरी फर्केर आएपछि उपनियम (६) मा उल्लेख भए बमोजिमको अवधिसम्म सेवा नगरेमा त्यस्तो सैनिक व्यक्तिबाट अध्ययन अवधिभर निजले पाएको तलब तथा कबुलियतमा उल्लेख भएका अन्य रकम समेत सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
(८) नेपाली सेनाको सम्बन्धित सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा अध्ययन गर्न विभागीय प्रमुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी प्रयासमा स्वदेशमा वा विदेशमा अध्ययन गर्न जाने सैनिक व्यक्तिलाई उपनियम (२) बमोजिम अध्ययन विदा दिन सकिनेछ । यस्तो विदा माग गर्ने सैनिक व्यक्तिले आवेदन दिनु पूर्व स्वीकृती लिनु पर्नेछ ।
(९) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (८) बमोजिम अध्ययन विदामा बस्ने सैनिक व्यक्तिले अध्ययन विदामा रहेको अवधिको तलव पाउने छैन ।
(१०) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन बिदा लिएको सैनिक व्यक्तिले पूर्व स्वीकृति विना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन । यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक संस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन बिदा स्वतः रद्द हुनेछ । यसरी बिदा रद्द भएको विवरण सम्बन्धित कार्यालयले सम्बन्धित विभाग र सैनिक अभिलेखालयमा पठाउनु पर्नेछ ।
(११) यस नियम बमोजिम अध्ययनको लागि एक पटक उपनियम (८) अनुसार वेतलवी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन ।
(१२) उपनियम (८) बमोजिम अध्ययन विदामा रहेको व्यक्ति अध्ययन विदामा रहँदाको अवधि सेवा अवधिमा गणना हुनेछ ।
(१३) एउटा तहको अध्ययनको लागि अध्ययन विदा लिएको सैनिक व्यक्तिले स वामा फर्किआए पछि उपनियम (६) बमोजिमको सेवा अवधि पुरा नगरी सोही स्तरको अध्ययनको लागि स्वीकृति तथा अध्ययन विदा दिइने छैन । सो बमोजिमको सेवा अवधि पुरा गरेपछि सोही स्तरको लागि अध्ययन विदा दिनु पर्दा पहिले अध्ययन गरेको विषय भन्दा फरक विषयको अध्ययनको लागि मात्र अध्ययन विदा दिन सकिनेछ ।
(१४) एक पटक अध्ययन विदामा गएको सैनिक व्यक्तिले जुन उपाधीको लागि अध्ययन विदा लिएको हो सो को प्रमाणपत्र पेश गरेको अवस्थामा मात्र पुन अध्ययन विदा दिन सकिनेछ ।