दफा ९
आदेश बा निर्देशन दिन सक्ने
(१) नेपाल सरकारले रेल तथा रेल्वे सेवा सञ्चालन गर्ने सम्बन्धमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ।
(२) रेल्वेको कुनै सम्पत्ति नोक्सान भएको, हुन लागेको वा त्यस्तो सम्पत्ति उपभोग गर्नमा अवरोध उत्पन्न भएको देखिएमा नेपाल सरकारले त्यस्तो कार्य रोक्न बोर्ड, कुनै व्यक्ति, संस्था वा निकायलाई आदेश दिन सक्नेछ।
(३) बोर्डले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गरेमा वा गर्न लागेमा नेपाल सरकारले त्यस्तो काम रोक्न“आदेश दिन सक्नेछ।
(४) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी बोर्डलाई तिर्नु बुझाउनु पर्ने कुनै वा सबै भाडामध्ये तोकिएको अवस्थामा त्यस्तो भाडा अपाङ्गता भएका व्यक्ति, कुनै खास व्यक्ति वा तोकिए बमोजिमका समूहका व्यक्तिले तिर्न, बुझाउन नपर्ने वा कम तिर्नु पर्ने गरी छुट वा सहुलियत दिन सक्नेछ।