दफा ७०
पुनरावेदन
(१).दफा ६३ को उपदफा (२) बमोजिम रेल्वे प्रशासकले गरेको जरिबानाको निर्णयमा चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैँतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन दिन सक्नेछ।

(२) दफा ६३ को उपदफा (३) बमोजिम स्टेशन प्रमुखले गरेको जरिबानाको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो- निर्णय भएको मितिले पैँतीस दिनभित्र रेल्वे प्रशासक समक्ष पुनरावेदन दिन सक्नेछ। (३) दफा ६९ बमोजिमको मुद्दा हेर्ने अधिकारीले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो निर्णय भएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।