दफा २
पुरिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-
(क) "अधिकारपत्र" भन्नाले दफा २३ को उपदफा (२) बमोजिम जारी गरिएको यात्रा अधिकारपत्र सम्झनु पर्छ।
(ख) "ढुवानी" भन्नाले रेलद्वारा गरिने यात्रीगुण्टा वा मालसामानको ढुवानी सम्झनु पर्छ।
(ग) "ढुवानी शुल्क": भन्नाले यात्रीगुण्टा वा मालसामानको ढुवानीमा लगाइएको शुल्क सम्झनु पर्छ र सो-शब्दले मालसामान लोड, अनलोड वा स्थानान्तरण गर्दा कुनै शुल्क लाग्ने भएमा सो शुल्कलाई समेत जनाउँछ।
(घ) ८ "तोकिएको" वा "तोकिए बमोजिम" भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ।
(ङ) "प्रापक (कन्साइनी)" भन्नाले रेल्वे रसिदमा प्रापक भनी जनिएको व्यक्ति सम्झनु पर्छ।
(च) "प्रेषक (कन्साइनर)" भन्नाले रेल्वे रसिदमा प्रेषक भनी जनिएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले प्रेषकको रूपमा ढुवानीका लागि बोर्डलाई मालसामान जिम्मा लगाउने व्यक्तिलाई समेत जनाउँछ।
(छ) "बोर्ड" भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल रेल्वे बोर्ड सम्झनु पर्छ।
(ज) "भाडा" भन्नाले यात्रीलाई रेल्वे सेवा उपलब्ध गराए बापत लिइने भाडा रकम सम्झनु पर्छ।
(झ) "भाडा तथा शुल्क (ट्यारिफ) किताब" भन्नाले दफा १४ बमोजिमको.रेल्वेको भाडा तथा शुल्क (ट्यारिफ) किताब सम्झनु पर्छ।
(ज) "मन्त्रालय" भन्नाले नेपाल सरकारको रेल्वे विषय हेर्ने मन्त्रालय सम्झनु पर्छ।
(ट) "मालसामान" भन्नाले कन्टेनर, प्यालेट, जीवजन्तु वा अन्य; कुनै- मालवस्तु सम्झनु पर्छ र सो शब्दले/कुनै जीवजन्तु वा मालवस्तुलाई एकत्रित गरी “ढुवानी गर्नको लागि प्रयोग गरिने यस्तै प्रकारका साधन वा संयन्त्रलाई समेत जनाउँछ।
(छठ) "यात्री" भन्नाले टिकट वा अधिकारपत्र लिई रेलको माध्यमबाट यात्रा गर्ने व्यक्ति सम्झनु पर्छ।
(ड) "यात्रीगुण्टा" भन्नाले यात्राको सिलसिलामा यात्रीले आफैंसँग लगेको मालसामान सम्झनु पर्छ र सो शब्दले दर्ता गरी बोर्डलाई जिम्मा लगाइएको यात्रीगुण्टालाई समेत जनाउँछ। (ढ) "रेल" भन्नाले यन्त्रको सहायताबाट लिकमा चल्ने सार्वजनिक सवारी साधन सम्झनु पर्छ र सो शब्दले मेट्रो रेल तथा मोनो रेललाई समेत जनाउँछ।
(ण) "रेल्वे" भन्नाले यात्रीको आवतजावत गर्ने वा यात्रीगुण्टा वा मालसामानको, ढुवानी गर्ने रेल वा त्यसको कुनै भाग सम्झनु पर्छ र सो शब्दले देहायका वस्तु, संयन्त्र, संरचना वा साधनलाई समेत जनाउँछ:-
(१) रेल्वेसँग: सम्बन्धित जमिन, रुख, सिमाना जनाउने चिन्ह, पर्खाल,
(२) लिक वा त्यस्तो लिकको कुनै हिस्सा र सो लिकमाथि चल्ने रेल, इन्जिन र तत्सम्बन्धी सबै सामान,
(३) ८रेल्वेको प्रयोजनको लागि प्रयोग गरिने साइडिङ्ग, यार्ड र शाखा,
(४) रेल्वेको प्रयोजनको लागि प्रयोग गरिने सबै किसिमका विद्युत आपूर्ति र वितरणको लागि निर्माण गरिएको संयन्त्र,
(५) रेल्वेको प्रयोजनको लागि निर्माण गरिएका रोलिङ्ग स्टक, स्टेशन, कार्यालय, गोदाम, कार्यशाला, अस्पताल, सुरक्षा गृह, कारखाना, यन्त्र तथा औजार, सडक तथा गल्ली, निरीक्षण कोठा, विश्वाम गृह, पानीधारा, पानी आपूर्ति यन्त्र, कर्मचारी आवास, यात्रु भोजन गृह, कर्मचारीका परिवारका लागि स्थापना गरिएका स्कुल र अन्य निर्माण संरचना, वा
(६) कुनै सडकमा रेल्बेको /प्रयोजनको लागि प्रयोगमा ल्याइएका सवारी साधन ।
(त) "रेल्वे प्रशासक" भन्नाले दफा ५६ बमोजिम नियुक्त भएको रेल्वे प्रशासक सम्झनु पर्छ।
(थ) "रेल्वे रसिद" भन्नाले- बोर्डले ढुवानीको लागि मालसामान स्वीकार गरेपछि जारी गर्ने रसिद सम्झनु पर्छ।
(द) "रेल्वे स्टेशन" भन्नाले रेल रोकिएर यात्रु तथा मालसामान आओराल्नेः र चढाउने स्थान सम्झनु पर्छ।
(ध) "बिलम्ब; शुल्क" भन्नाले रेल्वेभित्रको कुनै ठाउँमा मालसामान राख्न दिइएको समय व्यतित भएपछि सो मालसामान राखे बापत लाग्ने शुल्क सम्झनु पर्छ।
(न) "विवरणपत्र (फर्वार्डिक्ग नोट)" भन्नाले मालसामानको ढुवानीको लागि दफा उद बमोजिम निर्धारण गरिएको विवरणपत्र सम्झनु पर्छ।
(प) "स्टेशन कार्यालय" भन्नाले बोर्डको स्टेशन कार्यालय सम्झनु पर्छ। (फ) "स्टेशन प्रमुख" भन्नाले स्टेशन कार्यालयको प्रमुख भई काम गर्न तोकिएको बोर्डको कर्मचारी सम्झनु पर्छ।