नियम ६
आयुक्त पद प्राप्त गर्नको लागि चाहिने योग्यता
६.१. देहाय बमोजिम योग्यता भएको सहायक चीफ फोल्डर महिलालाई चीफ फोल्डर महिलाको पदमा नियुक्तिको लागि ……….. सैनिक प्राविधिक सेवा नियमहरू, २०१९ को नियम ४ को प्रवर समितिबाट सिफारिश भएका उम्मेदवारलाई प्राविधिक उप–सेनानी आयुक्त पद प्रदान गर्न ………..स्वीकृतिको निमित्त प्रधान सेनापतिले रक्षा मन्त्रालयमा पेश गर्नेछ र स्वीकृति प्राप्त भएको मितिदेखि उक्त उम्मेदवारले आयुक्त पद पाउनेछः–
६.१.१. पाँच वर्ष सेवा अवधि पुगेको,
६.१.२. प्रमाण–पत्र तह वा सो सरह उत्तीर्ण भएको ।
६.२. उप–नियम ५.३. मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक उप–सेनानी दर्जाको चीफ फोल्डर महिलाले दुई वर्ष सेवा अवधि पुरा गरेपछि निजलाई प्राविधिक सह–सेनानी दर्जामा पदोन्नति गर्न सकिनेछ ।