दफा २६
इजाजतपत्र नलिई गर्न नहुने
: निरीक्षकबाट तोकिएको दस्तुर तिरेर तोकिएबमोजिम इजाजत प्राप्त नगरी कुनै व्यक्तिले आफ्नो व्यापारको सिलसिलामा व्यापारिक नाप वा तौल वा नाप्ने यन्त्र वा तौलने यन्त्र बनाउन, मर्मत गर्न बिक्री गर्न वा तोकिएको नाप्ने वा तौलने सेवाको व्यवसाय गर्न हुँदैन ।