दफा ८क
मोल
: (१) मोल वस्तुको परिमाणको मूल इकाई हुनेछ ।
(२) “मोल” भन्नाले परमाणु, अणु, आयन, इलेक्ट्रोन जस्ता इलिमेन्ट्री इन्टिटिजको ठीक ६.०२२१४०७६*१०^(२3) सङ्ख्यात्मक मान सम्झनु पर्छ। उक्त सङ्ख्या एभोगाद्रो अचर राशीको निश्चित सङ्ख्यात्मक मान हो र त्यसलाई प्रति मोल एकाइमा व्यक्त गरिन्छ।
स्पष्टीकरण : मोलको जब प्रयोग हुन्छ मौलिक तत्वहरु (इलिमेण्टरी इण्टिटिज) को राम्रो उल्लेख हुनुपर्छ र यो परमाणु, अणु विद्युत्शक्तियुक्त परमाणु (आयन्स), इलेक्ट्रोन, अरु कणहरु वा त्यस्तो तोकिएको कणको समूह हुन सक्छ ।