दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) ....………….
(ख) …………………..
(ग) “सामान्य वायुमण्डलीय चाप” भन्नाले प्रति वर्ग मिटर १०१३२५ न्यूटनको चाप सम्झनुपर्छ ।
स्पष्टीकरण : एक किलोग्रामको राशीलाई एक मिटर प्रति सेकेण्डको दरले गति बढाउने बल (फोर्स) लाई न्यूटन मानिन्छ ।
(घ) “व्यापारिक नाप वा तौल” भन्नाले वाणिज्य तथा व्यापारको कारोवारमा व्यवहार गरिने स्टाण्डर्ड नाप र तौललाई जनाउँछ ।
(ङ) “नाप्ने यन्त्र” भन्नाले तौलने यन्त्र बाहेक अरु जुनसुकै नाप्ने यन्त्रलाई सम्झनुपर्छ र यस शब्दले लम्बाई, क्षेत्रफल, आयतन वा ग्राहिता नाप्ने वा गन्ने यन्त्र समेतलाई जनाउँछ ।
(च) “तौलने यन्त्र” भन्नाले तौलने काममा व्यवहार गरिने सबै किसिमको तौलने यन्त्र र दुई पल्ला भएको तराजु र सो तराजुमा व्यवहार हुने ढक समेतलाई जनाउँछ ।
(छ) “मोहर बन्द प्याकेज” भन्नाले बिक्रीको समयमा त्यसभित्र रहेको वस्तुको कुनै नाप वा तौल नगरी बेच्ने अभिप्रायले राखिएको बन्दी पोको, शिशी, पीपा, टिन, व्यारल, बाकस, भाँडो, थैलो, बोरा वा यस्तै अरु कुनै प्याक गरिएको चीजलाई सम्झनुपर्छ ।
(ज) “टाँचा” भन्नाले ढालेर, खोपेर, कुँदेर, डामेर वा कुनै तरीकाले यथासम्भव नमेटिने गरी लगाइएको टाँचालाई सम्झनु पर्छ र सो शब्दले त्यस्तो सिलछाप लगाउन नमिल्ने यन्त्रमा सजिलै नउप्किने वा /नफुत्किने गरी टाँसिएको निरीक्षकद्वारा प्रमाणित सिलछापलाई समेत जनाउँछ।
(झ) “जाँच” भन्नाले नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाँच्ने वा परीक्षण गर्ने कामलाई सम्झनुपर्छ र यो शब्दले पुन जाँच गर्ने काम समेतलाई जनाउँछ ।
(ञ) “नियन्त्रक” भन्नाले ..... विभागको महानिर्देशक सम्झनु पर्छ ।
(ट) “निरीक्षक” भन्नाले नेपाल सरकारले यो ऐनको प्रयोजनको लागि नियुक्त गरेको वा तोकिदिएको अधिकारीलाई सम्झनुपर्छ ।
(ट१) “नाप तौलको साधारण सभा” भन्नाले कन्भेन्शन ड्यू मिटर अन्तर्गत स्थापना भएको कन्फरेन्स जनरल डे प्वाइड्स ए मेजर्स सम्झनुपर्छ ।
ट२) “नाप तौलको अन्तर्राष्ट्रिय कार्यालय” भन्नाले कन्भेन्शन मिटर ड्यू अन्तर्गत स्थापना भएको ब्यूरो इण्टरनेशनल डे प्वाइड्स ए मेजर्स सम्झनुपर्छ ।
(ट३) “कानूनी नाप तौल विज्ञानको अन्तर्राष्ट्रिय संस्था” भन्नाले कन्भेन्शन इन्स्टिच्यूयण्ट यून अर्गनाइजेशन इण्टरनेशनल डे मेट्रोलोजी लिगल अन्तर्गत स्थापना भएको अर्गनाइजेशन इन्टरनेशनल डे मेट्रोलोजी सम्झनुपर्छ ।
(ठ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ ।
(ड) "विभांग". भन्नाले नेपाल गुणस्तर तथा नापतौल विभाग सम्झनु पर्छ।