दफा ५५
उपचार खर्च, क्षतिपूर्ति, किरिया खर्च वा राहत उपलब्ध गराउनु पर्ने
(१) रेल दुर्घटनाबाट कुनै व्यक्तिलाई कुनै किसिमको हानि वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृत्यु भएकोमा मृतकको नजिकको हकवालालाई देहाय बमोजिमको रकम उपचार खर्च, क्षतिपूर्ति, किरिया खर्च वा राहत बापत उपलब्ध गराउनु पर्नेछ:-
(क) कुनै व्यक्तिलाई चोटपटक लागेकोमा चोटपटकको स्थिति विचार गरी औषधि उपचार खर्च बापत एक लाख रुपैयाँसम्म,
(ख) कुनै व्यक्तिको अङ्गभङ्ग भएकोमा निको नभई काम नलाग्ने भएमा सो अङ्गभङ्ग बापत प्रत्येक अङ्गको दुई लाख पचास हजार रुपैयाँ र त्यस्तो अङ्ग काम लाग्ने भए घाउ खर्च बापत एक लाख पचास हजार रुपैयाँसम्म, (ग) दुर्घटनाबाट कुनै व्यक्तिको मृत्यु भएकोमा किरिया
खर्च तथा राहत बापत सात लाख रुपैयाँ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुनै कारणबाट यात्रीको मृत्यु वा अङ्गभङ्ग भएमा वा यात्री घाइते भएको पुष्टी भएमा त्यस्तो क्षतिपूर्ति वा राहत बापत कुनै रकम दिइने छैनः-
(क) यात्रीले आत्महत्या गरेको . वा आत्महत्या गर्ने
प्रयास गरेको,
(ख) यात्री आफैँले गल्ती वा हेलचेक्र्याइँ गरेको,
(ग) यात्रीले कुनै आपराधिक कार्य गरेको,
(घ) यात्रीले मादक पदार्थ वा लागू औषध सेवन
गरेको, वा
(ङ) प्राकृतिक/कारण-वा यात्रीलाई कुनै रोग लागेको
वा कुनै औषधि सेवन गरेको ।
(३) रेल दुर्घटनाबाट कुनै यात्री वा अन्य तेस्रो पक्षको सम्पत्ति हानि नोक्सानी भएमा त्यस्तो हानि नोक्सानी भएको सम्पत्तिको वास्तबिक क्षतिको आधारमा कायम हुन आउने रकम बोर्डले सम्बन्धित व्यक्तिलाई दिनु पर्नेछ।
(४) यस दफा बमोजिम बोर्डले गरेको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले सो निर्णयको सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन दिन सक्नेछ।