दफा ५९
कर्मचारी सम्बन्धी
(१) बोर्डको कार्य सम्पादनको लागि बोर्डमा आवश्यक सङ्ख्यामा कर्मचारी रहनेछन्‌।

(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू. विनियममा तोकिए बमोजिम हुनेछ।

(३) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति नभएसम्मको लागि बोर्डको अनुरोधमा मन्त्रालयले आवश्यक कर्मचारी बोर्डमा कामकाज गर्ने गरी खटाउन सक्नेछ।

(४) बोर्डको सङ्गठन संरचनाको स्वीकृति मन्त्रालयको सिफारिसमा नेपाल सरकारले गर्नेछ।