दफा १८
कार्यकारी स्टाण्डर्ड
: (१)व्यापारिक नाप र तौल वा व्यापारिक प्रचलनमा ल्याइने नाप्ने र तौलने यन्त्र ठीक बेठीक जाँच्नको लागि नेपाल सरकारले आवश्यक सम्झे जति प्रमाणित नाप र तौलको सेटहरु र मूल्यवान धातु र जवाहरातको निमित्त विशेष कार्यकारी नाप र
तौलका सेटहरु बनाउन लगाउन सक्नेछ । ती सेटहरुलाई कार्यकारी स्टाण्डर्ड भनिनेछ ।
(२) कार्यकारी स्टाण्डर्ड तोकिएको वस्तु, डिजायन र विवरणको हुनेछ र त्यसमा तोकिएका व्यक्ति वा अधिकारीले तोकिएका तरिकाले प्रमाणित गरी टाँचा लगाई नियन्त्रकले तोकेको ठाउँमा तोकिएबमोजिम राख्नेछ तथा त्यसलाई तोकिए बमोजिमको प्रत्येक अवधिभित्र माध्यमिक स्टाण्डर्डसंग जाँची त्यसमा सो जाँचेको मिति सहितको निस्सा लगाउनु पर्छ ।
तर, मूल्यवान धातु र जवाहिरात सम्बन्धी विशेष कार्यकारी स्टाण्डर्डको सेट प्रमुख स्टाण्डर्डसंग जाँचिनेछ ।
(३) उपदफा (२) बमोजिम म्यादभित्र जाँच गरी टाँचा नलगाईएको कार्यकारी स्टाण्डर्डको कानूनी मान्यता हुने छैन र यो ऐनको प्रयोजनको लागि प्रयोग गरिने छैन ।