दफा
कुलपति
(१) प्रधानमन्त्री प्रज्ञा प्रतिष्ठानको कुलपति हुनेछ ।
(२) कुलपति प्रज्ञा प्रतिष्ठानको प्रमुख र सभाको सभापति हुनेछ ।
(३) कुलपतिलाई प्रज्ञा प्रतिष्ठान वा प्रज्ञा प्रतिष्ठानसंग सम्बन्धित जुनसुकै विषय वा कार्यको निरीक्षण वा जाँचबुझ गर्ने, गराउने र निर्देशन दिने अधिकार हुनेछ ।
(४) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम विपरीतको कार्यलाई कुलपतिले लिखित आदेशद्वारा रद्द गर्न वा स्थगित गरी जाँचबुझ गराउन सक्नेछ र त्यसको जानकारी सभालाई दिनु पर्नेछ ।
(५) … … …