दफा ९
सहकुलपति
(१)शिक्षा¸ विज्ञान तथा प्रविधि मन्त्री वा राज्यमन्त्री प्रज्ञा प्रतिष्ठानको सहकुलपति हुनेछ ।
(२) सभा वा कुलपतिले सहकुलपतिद्वारा कार्यान्वयन गर्ने भनी तोकेको विषयवस्तु सहकुलपतिले कार्यान्वयन गर्ने गराउनेछ ।
(३) कुलपतिको अनुपस्थितिमा सहकुलपतिले कुलपतिको कार्य गर्नेछ ।
१० प्राज्ञहरूः (१) विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका विद्वानहरू प्रज्ञा प्रतिष्ठानको प्राज्ञ हुन योग्य हुनेछन् । यसरी हुने प्राज्ञहरूको मनोनयनको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा उपकुलपति र सभाका एकजना सदस्य रहेको एक समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएका तोकिए बमोजिमका योग्यता पुगेका विद्वानहरू मध्येबाट प्राज्ञमा मनोनयन गर्न कुलपति समक्ष सिफारिस गर्नेछ । त्यसरी मनोनयनको लागि सिफारिश गर्दा विदेशी विद्वानलाई समेत समावेश गर्न सकिनेछ ।
तर विदेशी प्राज्ञहरू सभाको सदस्य हुने छैनन् ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएका व्यक्तिहरूलाई कुलपतिले प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा मनोनयन गर्नेछ ।
(४) उपदफा (३) बमोजिम मनोनयन गर्दा प्रत्येक वर्षमा अधिकतम दुईजनाको दरले प्राज्ञहरू मनोनयन गरिनेछ ।
(५) प्राज्ञ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।