दफा १०क
सहप्राज्ञहरू
(१) विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च अध्ययन वा अनुसन्धान गरेका प्रतिभावान वैज्ञानिक वा प्राविधिकहरू प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञ हुन योग्य हुनेछन् । सहप्राज्ञहरूको मनोनयनको लागि सिफारिस गर्न कुलपतिबाट सहकुलपतिको अध्यक्षतामा उपकुलपति र सभाका एकजना सदस्य रहेको एक समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिले विज्ञान तथा प्रविधिको क्षेत्रमा उच्च अध्ययन वा अनुसन्धान गरेका तोकिए बमोजिम योग्यता पुगेका प्रतिभावान वैज्ञानिक वा प्राविधिकहरूमध्येबाट सहप्राज्ञमा मनोनयन गर्न कुलपति समक्ष सिफारिस गर्नेछ ।
(३) उपदफा (२) बमोजिम सिफारिस भएका व्यक्तिहरूलाई कुलपतिले प्रज्ञा प्रतिष्ठानको सहप्राज्ञमा मनोनयन गर्नेछ ।
(४) उपदफा (३) बमोजिम मनोनयन गर्दा यो दफा प्रारम्भ भएपछि पहिलो पटक पाँचजना र त्यसपछि प्रत्येक वर्षमा अधिकतम दुईजनाका दरले सहप्राज्ञहरू मनोनयन गरिनेछ ।
(५) सह प्राज्ञ सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।