दफा १६
क्रणपत्रको धनीलाई सूचना दिनु पर्ने
(१) कुनै क्रणपत्रको सावाँ भुक्तानी गर्नुपर्ने अवधि नाघेको एक सय असी दिनभित्र पनि क्रणपत्रको धनीले सावाँ र व्याजको भुक्तानी लिन नआएमा कार्यालयले त्यस्तो क्रणपत्रको सावाँ र व्याज दाबी गर्न सम्बन्धित क्रणपत्रको धनीको घर ठेगानामा लिखित सूचना पठाउनु पर्नेछ र त्यस्तो सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गरी कार्यालयको वेबसाइटमा समेत अद्यावधिक गरी राख्नु: पर्नेछ।
(२) उपदफा (१) बमोजिम घर ठेगानामा (पठाएको सूचना बुझेको मिति वा राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन गरेको मिति मध्ये जुन पछिल्लो हुन्छ सो मितिमा हकवालाले त्यस्तो सूचना पाएको मानिनेछ।
(३) उपदफा (२) बमोजिम सूचना पाएको मितिले एक सय असी दिनभित्र क्रणपत्रको सावाँ र व्याज दाबी गर्न नआएमा कार्यालयले त्यस्तो क्रणपत्र बापतको रकम नेपाल सरकारको भुक्तानी दायित्व कायम गरी नेपाल सरकारले तोकेको कोषमा छ महिनाभित्र जम्मा गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको कोषमा जम्मा भएको रकम रीत पूर्वक प्रमाण सहित दाबी गर्न आएमा कार्यालयले त्यस्तो रकम क्रणपत्रको धनी वा- निजको हकवालालाई पैंतीस दिनभित्र भुक्तानी दिनु पर्नेछ।