दफा ८२
जग्गा प्राप्ति गर्ने
(१) रेल्वेको लागि: आवश्यक पर्ने जग्गा प्रचलित कानून बमोजिम प्राप्तिको लागि बोर्डले नेपाल सरकार समक्ष अनुरोध गर्न सक्नेछ।

(२) उपदफा (१) बमोजिम अनुरोध गर्दा रेल्वेको लागि आवश्यक पर्ने जग्गाको सम्बन्धमा अध्ययन तथा मूल्याङ्कन गरी त्यस्तो जग्गाको जग्गा प्राप्ति योजना तथा जग्गा प्राप्तिको लागि प्रचलित कानून बमोजिम आवश्यक पर्ने सम्पूर्ण विवरण पेश गर्नु पर्नेछ।

(३) उपदफा (१) बमोजिम अनुरोध भई आएमा नेपाल सरकारले _ प्रचलित कानून बमोजिम बोर्डलाई जग्गा प्राप्ति गराइदिन सक्नेछ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि/नेपाल-सरकारको स्वामित्वमा रहेको कुनै जग्गा रेल्वेको लागि आवश्यक भएमा बोर्डको अनुरोधमा नेपाल सरकारले त्यस्तो जग्गा बोर्डलाई उपलब्ध गराइदिन