दफा २३
टाँचा नलागेको व्यापारिक नाप र तौलको बिक्री वितरण वा प्रयोग गर्न निषेध
: दफा २४ मा अन्यथा लेखिएकोमा बाहेक तोकिए बमोजिम जाँच नभएको र निरीक्षकद्वारा सो जाँचको टाँचा नलगाइएको कुनै पनि व्यापारिक नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र बिक्री, वितरण वा व्यवहारमा ल्याइने छैन ।