दफा २७
टिकट तथा अधिकारपत्र जाँच गर्ने
(१) बोर्डले रेलमा यात्रा गर्ने कुनै व्यक्तिले टिकट वा अधिकारपत्र प्रयोग गरी यात्रा गरे वा नगरेको सम्बन्धमा जाँच गर्न टिकट जाँचकीको व्यवस्था गर्नेछ।
(२) यात्रीले रेलबाट यात्रा शुरु भएदेखि अन्त्य नभएसम्म टिकट वा अधिकारपत्र आफ्नो साथमा राख्नु पर्नेछ र टिकट जाँचकीले मागेको बखत त्यस्तो टिकट वा. अधिकारपत्र तुरुन्त देखाउनु पर्नेछ।
(३) विदेशीले रेलबाट यात्रा: गर्दा टिकट वा अधिकारपत्रको अतिरिक्त राहदानी वा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) समेत आफ्नो साथमा राख्नु पर्नेछ।
(४) उपदफा (३) “मा. जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा यात्रा गर्न भिसा आवश्यक नपर्ने विदेशी नागरिकको हकमा सम्बन्धित मुलुकको सरकारी निकायले जारी गरेको परिचयपत्र साथमा: राखी रेलबाट यात्रा गर्न सकिनेछ।