नियम ५०
ठेगानावालाको वा प्रेषकको ठेगाना प्रष्ट नलेखिएको
ठेगानावालाको वा प्रेषकको ठेगाना प्रष्ट नलेखिएको वा ठेगानावाला तथा प्रेषकको कुनै कारणबाट पत्ता लगाउन नसकिएको हुलाक वस्तु फिर्ती चिठ्ठी फाँटमा पठाउनु पर्छ । कसैले आफूले प्राप्त गर्नु पर्ने हुलाक वस्तु ठेगाना अधुरो भै प्राप्त गर्न नसकिएको शंका लागेमा फिर्ती चिठ्ठी फाँटमा लेखापढी गरी सोधपुछ गर्न सक्नेछ ।