दफा ४३
ढुवानी तथा अन्य शुल्क बुझाउनु पर्ने
(१) प्रेषकले मालसामान ढुवानी गरे बापत लाग्ने ढुवानी शुल्क बोर्डलाई बुझाउनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम प्रेषकले बुझाउनु पर्ने ढुवानी शुल्क नबुझाई बाँकी रहेको अवस्थामा त्यस्तो ढुवानी शुल्क प्रापकले बुझाउनु पर्नेछ।

(३) प्रापक जिम्मेवार हुनु पर्ने कारणबाट उत्पन्न विलम्ब शुल्क तथा गोदाम बापत वा. कुनै मालसामान तौल गर्दा लाग्ने शुल्क प्रापकले बुझाउनु पर्नेछ।