दफा २६
दण्ड सजाय
(१) कसैले जानाजानी वा बदनियतसाथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरू बमोजिम आफूले गर्नु पर्ने कुनै काम कारवाही नगरी वा गर्न नहुने कुनै काम कारवाई गरी संस्थानलाई क्षति पुयाएमा वा पुयाउन उद्योग गरेमा नोक्सानी बिगो भए बिगो असूल गरी निजलाई तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । (२) कसैले संस्थानको लिखित स्वीकृति नलिई कुनै विवरण पत्र वा विज्ञापनमा संस्थानको नाम प्रयोग गरेमा निजलाई बढीमा छ महीनासम्म कैद वा एक हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ । (३) कसैले दफा १६ अन्तर्गत खटिएको लेखा परीक्षकलाई निजको कामकाजमा बाधा पु¥याएमा वा त्यस्तो लेखा परीक्षकले कानुनबमोजिम मागेको कागजपत्र वा सूचना कुनै मनासिब कारण बिना नदिएमा निजलाई बढीमा एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ । (४) उपदफा (१), (२) र (३) मा लेखिएदेखि बाहेक कसैले जानीजानी वा बदनियत साथ यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमहरूको अरू कुनै कुरा उल्लंघन गरेमा निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।