दफा २९
नियमहरू बनाउने अधिकार
(१) यो ऐनको उद्देश्य पूरा गर्न समितिले नियमहरू बनाउन सक्नेछ । तर नेपाल सरकारबाट स्वीकृत नभई ती नियमहरू लागू हुने छैनन् ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपर्ने गरी संस्थानले खासगरी देहायका विषयहरूमा नियमहरू बनाउन सक्नेछः–
(क) समितिको बैठक बस्ने समय, स्थान र तत्सम्बन्धी कार्यविधि बारे,
(ख) समितिले संस्थानको अध्यक्ष वा सञ्चालक वा अन्य प्रशासकीय अधिकृतलाई अधिकार प्रत्यायोजन गर्ने बारे,
(ग) संस्थानका कर्मचारी र सल्लाहकारको नियुक्ति, प्रमोशन, सरुवा, बर्खासी, पारिश्रमिक, निवृत्तभरण, उपदान, बोनस, आचरण, अनुशासन र सेवा सम्बन्धी शर्तहरू बारे,
(घ) संस्थानको तर्फबाट गरिने ठेक्का–पट्टा कबुलियत सम्बन्धी शर्तहरू बारे,
(ङ) संस्थानको छाप चलाउने कार्यविधि बारे,
(च) समितिले गर्ने कामको तरीका बारे,
(छ) संस्थानले यो ऐन अन्तर्गत गर्नुपर्ने सबै कामकाजको व्यवस्था गर्ने बारे ।