दफा ३७ग
पक्षले साक्षी उपस्थित गराउनु पर्ने
(१) अदालतले तोकेको दिन सम्बन्धित पक्षले आफ्नो साक्षी उपस्थित गराउनु पर्नेछ |
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास मुद्दामा त्यस्तो मुद्दा दायर गदकि बखत प्रतिवादी उपस्थित भई वादी वा प्रतिवादी वा.दुवै पक्षले आ-आफ्ना साक्षी वा विशेषज्ञ अदालतमा उपस्थित गराउन बाधा पर्ने छैन।