दफा ३४
विवन्धन
(१) कुनै व्यक्तिले लेखेर, बचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बिचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनि निजले खण्डन गर्न पाउने छैन ।
तर कानूनी बुँदामा यो दफा लागू हुनेछैन ।
(२) उपदफा (१) मा उल्लेख भएका कुराहरू सो उपदफामा उल्लेख भएका व्यक्तिहरूबाट मुद्दा सम्वन्धी विषय वस्तुमा कुनै प्रकारको हक प्राप्त गर्ने व्यक्तिलाई समेत लागू हुनेछ ।