नियम १६
पुलिन्दा

(१) पुलिन्दामा ठेगानावालालाई चिठ्ठीको अनुरूपको लिखित सन्देश वा व्यक्तिगत लेखापढी जस्तो एकोहोरो लिखित कागज र सो पुलिन्दामा खामिने वस्तुहरूको सूचीहरू बाहेक अन्य कुनै किसिमको लेखापढी खामिएको हुनु हुँदैन । (२) (क) उपर्युक्त उपनियम (१) मा लेखिएको भन्दा बाहेक कुनै लिखित सन्देश कुनै पुलिन्दामा छ भन्ने शंका लागेमा यस्तो पुलिन्दा हुलाक अड्डामा ठेगानावालाको सामुन्ने खोल्दा उक्त उपनियम (१) मा छुट्टै दिइएको भन्दा बाहेक बढी कुनै लिखित सन्देश प्राप्त भएमा प्रत्येक यस्ता लिखित सन्देशको चिठ्ठीमा लाग्ने महसुलको दोब्बर ठेगानावालाबाट असुल गरिनेछ । पुलिन्दामा टाँसिएको हुलाक महसुल जे जतिसुकै भए तापनि यसरी असुल गरिने
अङ्कमा गनिने छैन । ठेगानावालाले यस्तो पूरा दस्तुर तिर्न इन्कार गरेमा वा समयमा नतिरेमा यस्ता पुलिन्दा प्रेषककहा“ नै
फिर्ता गरिनेछ र असुल गर्नु पर्ने दस्तुर प्रेषकबाट असुल गरिनेछ ।
(ख) पुलिन्दाको लम्बाई एक मिटरसम्म हुन सक्नेछ । मोटाई र लम्बाई मिलाउँदा १.८ मिटरभन्दा बढी हुनु हुँदैन । यसको तौल
सतहबाट जाने भएमा बढीमा दश किलोग्रामसम्म र हवाई मार्गबाट जाने भएमा बढीमा पा“च किलोसम्म हुन सक्नेछ ।
(ग) कुनै पुलिन्दा पनि थैलामा राखी बोकी लैजानेलाई कुनै असुविधा तथा कठिनाई नहुने किसिमको आकारको हुनु पर्छ,
(घ) प्रत्येक पुलिन्दा प्रशस्त बलियो बट्टा, स्प्रेयर वा खोलमा र पुलिन्दाभित्र रहेको कुनै चीज हराउने वा नोक्सान नहुने वा बाटोमा सजिलोसँग झिक्न नसकिने वा खस्न नसक्नेगरी बन्द गरिएको हुनु पर्दछ । यसरी बन्द गर्दा टिकट र लेबुल टा“स्न वा हुलाकबाट अन्य आवश्यक कुरा लेख्न सकिने पर्याप्त ठाउँ हुनु पर्छ,
(ङ) निम्न वस्तुहरू खामिएका पुलिन्दाहरू निम्न तरिकाले बन्द गरिनु पर्दछः–
(१) मूल्यवान धातुहरूः– यस्ता धातुहरू खामिएको पुलिन्दा बलियो धातुको बाकसमा कमसेकम
८.४ मिलिमिटर
मोटाई भएको काठको बाकस वा सिलाई जोडनी नभएको दोबरी थैलामा राखिएको हुनु पर्छ । प्लाइउडको बाकस भएमा ६.३ मिलिमिटर बाक्लो र चारैतिर कुनामा धातुको कोण परेको टुक्राले जोडिएको हुनु पर्छ ।
(२) तरल वा छिटै तरल हुने पदार्थः– यस्ता पदार्थ पुलिन्दामा पठाउ“दा शीशी वा यस्तै किसिमको अन्य धातुको भा“डोमा वा बाकसमा नचुहुने गरी बन्द गर्नु पर्छ । यसरी बन्द गरिएका वस्तु धातुको बाकस, कडा काठ वा विशेष बलियो कार्डबोर्ड (करूगेटेड कार्डबोर्ड) को बीचमा भूस वा काठको धूलो वा कुनै सोस्न सक्ने वस्तु राखी प्याकि· गरिएको हुनु पर्छ ।
(३) सुख्खा रन पाउडरः– यस्तो वस्तु एउटा बलियो खोल वा बाकसमा राखिएको हुनु पर्छ । यसरी बन्द
गर्दा काठको बाकस वा असल जातको बलियो कार्डबोर्ड (करूगेटेड कार्डबोर्ड) को बीच काठको धुलो वा भूस राखी बन्द गर्नु पर्छ ।
(४) छिटै बल्न सक्ने फिल्म जस्ता चीजहरूः– यस्ता वस्तुहरू राम्रोसँग बलियो काठको वा सो भन्दा बलियो वस्तुको बाकसमा बन्द गरिनु पर्छ । ठेगाना लेख्नेपट्टि सेतो लेबुलमा कालो अक्षरले“सावधानी” “बल्नसक्ने वस्तु” भन्ने लेखी टाँस्नु पर्दछ ।
(५) बढ्ता वास्ना आउने वा गन्हाउने वस्तुँ– यस्तो वस्तुलाई कतैबाट हावा छिर्न नसक्ने भाँडामा राखी काठको बलियो बाकसको बीच भूस वा काठको धूलो राखी बन्द गरिएको हुनु पर्छ ।
(६) माउरी, रेशमी कीरा वा खराब कीटाणु नाश गर्ने कीटाणु पठाइँदाँ–
नियम ११ को उपनियम (६) बमोजिमका शर्त पूरा राखिएको पुलिन्दामा सेतो लेबुलमा “जीवित जन्तु” भन्ने लेखी ठेगाना लेख्ने ठाउँ
भन्दा माथिपट्टि देखिने गरी टाँस्नु पर्छ ।