नियम १८
बहस
(१) मुद्दाको सुनुबाइको प्रारम्भमा इजलासले सो मुद्दामा निर्णय गर्नु पर्ने प्रश्नहरूमा सीमित रही बहस गर्न पक्षका कानून व्यवसायीलाई निर्देशन दिन सक्नेछ।
(२). मुद्दाको प्रकृति र विषयवस्तु हेरी अदालतको इजलासले बहसको समय तोक्न सक्नेछ। यसरी समय तोकिएकोमा तोकिएको समयमा सीमित भई कानून व्यवसायीले बहस गर्नु पर्नेछ ।
(३) सुनुवाइको लागि पेशी तोकिएको मुद्दामा कानून व्यवसायीले बहस नोट पेश गर्न चाहेमा वा अदालतले बहस नोट पेश गर्नको लागि आदेश दिएकोमा मुद्दाको सुनुवाई प्रारम्भ हुनु अगाडि नै त्यस्तो बहस नोट पेश गर्नु पर्नेछ। मुद्दाको प्रकृति र विवादित विषयको सन्दर्भमा इजलासले आदेश दिएमा सुनुबाई सकिए पछि पनि बहस नोट पेश गर्न सकिनेछ।
(४) कुनै मुद्दामा एकभन्दा बढी कानून व्यवसायीहरूको बकालतनामा पेशा भएकोमा _इजलासले कानून व्यवसायीहरूमध्ये एकजना कानून व्यवसायीले प्रमुख कानून व्यवसायीको रूपमा बहस गर्ने. तथा अन्य कानून व्यवसायीहरूले अलग-अलग तथ्यगत र कानूनी प्रश्वमा बहस गर्ने गरी बहस व्यवस्थापन गर्न निर्देशन दिन सक्नेछ ।
(५) यस नियम बमोजिम इजलासले समय तोकेको वा निर्देशन दिएकोमा सो अनुसार गर्नु सम्बन्धित कानून व्यवसायीको कर्तव्य हुनेछ।