नियम
पुनरावेदन
(१) ऐन तथा यस नियमावली बमोजिम अदालतमा पेश गर्ने पुनरावेदनपत्रमा देहायका कुराहरू खुलाउनु पर्नेछ:-

(क) पुनरावेदकको जाम र ठेगाना,

(ख। ससख्वाः बढुवा वा विभागीय सजायमा चित्त नबुझ्नुको कारण र पुनरावेदनमा माग गरेको कुरा,

(ग) जुन निकाय वा अधिकारीको निर्णय वा अन्तिम आदेशमा चित्त नबुझेको हो सो निकाय वा अधिकारीको नाम र निर्णय मिति,

(घ) ऐनको दफा ७.को उपदफा (२) बमोजिमको निकाय वा पदाधिकारीले गरेको निर्णय वा अन्तिम आदेशमा चित्त नबुझ्नुको कानूनी आधार र कारण,

(ङ) -पुनराबेदकको सेवाका शर्त र सुबिधा सम्बन्धी प्रचलित कानूनी व्यवस्था,

(च) कानून व्यवसायी राखेको भए सो कानून व्यवसायीको नाम र प्रमाणपत्र नम्बर ।

(२) उपनियम (१) बमोजिमको पुनरावेदनपत्र साथ देहायका कागजात संलग्न गर्नु पर्नेछः- (क) सम्बन्धित निकाय बा अधिकार प्राप्त अधिकारीबाट भएको निर्णयको प्रमाणित प्रतिलिपि,

(ख) जुन निर्णय वा अन्तिम आदेश बिरुद्ध पुनरावेदन “गरिएको हो सो आदेशको प्रमाणित प्रतिलिपि ।