नियम ३०
नक्कल
दस्तुर (१) अदालतमा भएको मुद्दा सम्बन्धी लिखतको नक्कल लिँदा देहाय बमोजिमको दस्तुर बुझाउनु पर्नेछ:-

(क) अदालतबाटै दिइने नक्कलको हकमा फुलस्केप साइजको प्रत्येक पृष्ठको तीन रुपैयाँ, (ख) निबेदकले आफैं नक्कल सार्ने भएमा फुलस्केप साइजको प्रत्येक पृष्ठको दुई रुपैयाँ ।

(२) उपनियम (१) को खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतबाटै नक्कल दिन सक्ने अवस्था भएकोमा निवेदकलाई नक्कल सार्न अनुमति दिइने छैन ।