दफा १०
बिदेशी भूमिमा रेल्वे सेवा सञ्चालन
(१) नेपाल सरकारले एक वा एकभन्दा (बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारस्परिकताको आधारमा आवश्यक व्यवस्था गर्न सक्नेछ।

(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले सम्बन्धित विदेशी राष्ट्रसँग सम्झौता गरी रेल्वे सेवा सञ्चालनका आधार, शर्त, तरिका तथा कार्यविधि निर्धारण गर्न सक्नेछ ।

(३) उपदफा (२) बमोजिम विदेशी (राष्ट्रसँग सम्झौता भई विदेशी राष्ट्रको रेल्वे सेवा नेपालभित्र सञ्चालन हुने भएमा सो रेल्वे सेवा नेपालभित्र सञ्चालन हुँदाका बखत प्रचलित नेपाल कानूनको व्यवस्था लागू हुनेछ।