नियम ५६
बिरामी बिदा
(१) सैनिक व्यक्तिले प्रत्येक वर्ष बाह्र दिन पूरा तलब सहितको बिरामी बिदा पाउनेछ ।
(२) सैनिक व्यक्तिले आफूले पकाएको बिरामी बिदा सञ्चित गरी राख्न पाउनेछ ।
(३) सैनिक व्यक्ति भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य जुनसुकै व्यहोराले आफ्नो सेवाबाट अलग भएमा निजको सञ्चित रहेको बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबका दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ ।
(४) सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै सैनिक व्यक्तिको मृत्यु भएमा त्यस्तो सञ्चित बिदाको रकम निजको नजिकको परिवारले एकमुष्ट लिन पाउनेछ ।