दफा ६०
बोर्डको कोष
(१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुनेछ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन्‌ः-

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) विदेशी व्यक्ति, सरकार, अन्तर्राष्ट्रिय सङ्घ वा

संस्थाबाट प्राप्त रकम,

(ग) यात्री भाडा वा ढुवानी शुल्कबाट प्राप्त रकम, (घ) बोर्डको जग्गा लिज वा भाडामा दिए बापत प्राप्त रकम, र

(ङ) बोर्डले आर्जन गरेको अन्य रकम।

(३) उपदफा (१) को खण्ड (ख) बमोजिमको रकम प्राप्त गर्नुअघि बोर्डले नेपाल सरकार, अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ।

(४) बोर्डको सम्पूर्ण खर्च उपदफा (२) बमोजिम कोषमा जम्मा भएको रकमबाट व्यहोरिनेछ।

(५) उपदफा (१) बमोजिमको कोषमा रहने रकम बोर्डले तोकेको बैङ्क तथा बित्तीय: संस्था सम्बन्धी प्रचलित कानून बमोजिम स्थापित "क" वर्गको कुनै बाणिज्य बैड्गमा खाता खोली जम्मा गरिनेछ।

(६) बोर्डको खाताको सञ्चालन तोकिए बमोजिम हुनेछ।