दफा
बोर्डको बैठक र निर्णय
(१) बोर्डको बैठक तीन महिनामा कम्तीमा एक पटक बस्नेछ।

(२) बोर्डको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।

(३) बोर्डको सदस्य-सचिवले बैठकमा छलफल हुने बिषयको सूची बैठक बस्नुभन्दा कम्तीमा अठचालीस घण्टा अगावै सबै सदस्यलाई उपलव्ध गराउनु पर्नेछ।

(४) बोर्डको कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरू उपस्थित भएमा बोर्डको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (५) बोर्डको अध्यक्षले बोर्डको बैठकको अध्यक्षता गर्नेछ।

(६) बोर्डको बैठकमा बहुमतको राय मान्य:हुनेछ र मत बराबर भएमा बोर्डको बैठकको अध्यक्षता : गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।

(७) बोर्डले बोर्डको कामसँग सम्बन्धित कुनै विज्ञलाई बोर्डको बैठकमा भाग लिन आमन्त्रण गर्न सक्नेछ।

(८) बोर्डको बैठकको निर्णय - बोर्डको बैठकको अध्यक्षता गर्ने व्यक्तिबाट प्रमाणित गरी सदस्य-सचिवले सुरक्षित साथ राखनु पर्नेछ।

(९) बोर्डको बैठक सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैँले निर्धारण गरे बमोजिम हुनेलछ।

(१०) बोर्डको अध्यक्ष तथा सदस्यले बोर्डको बैठकमा भाग लिए बापत तोकिए बमोजिमको बैठक भत्ता पाउने छन्‌।