दफा ५
बोर्डको सञ्चालक समिति
(१) बोर्डको तर्फबाट गर्नु पर्ने काम कारबाहीको लागि बोर्डमा एक सञ्चालक समिति रहनेछ।
(२) बोर्डको सञ्चालक समितिको गठन देहाय बमोजिम हुनेछः- (क) नेपाल सरकारको रेल्वे विषय हेर्ने
मन्त्री वा राज्य मन्त्री - अध्यक्ष (ख) मन्त्रालयको सचिव - सदस्य (ग) सचिव वा निजले तोकेको सहसचिव,
अर्थ मन्त्रालय - सदस्य (घ) सचिव वा निजले तोकेको सहसचिव,
गृह मन्त्रालय - सदस्य (ङ) मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड
एकाउण्टेण्ट, वाणिज्य, व्यवस्थापन वा
यातायात व्यवस्थापन विषयमा कम्तीमा
स्नातकोत्तर उपाधि हासिल
गरेका र सम्बन्धित क्षेत्रमा कम्तीमा
पाँच वर्षको अनुभव
हासिल गरेका व्यक्तिहरूमध्येबाट
मन्त्रालयले मनोनयन गरेका कम्तीमा
एकजना महिला सहित दुईजना - सदस्य (च) मान्यताप्राप्त शिक्षण संस्थाबाट
सिभिल वा इलेक्ट्रिकल वा
मेकानिकल इन्जिनियरिङ्ग विषयमा
कम्तीमा स्नातकोत्तर उत्तीर्ण गरेका र
सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको
अनुभव हासिल गरेका
व्यक्तिहरूमध्येबाट मन्त्रालयले
मनोनयन गरेका कम्तीमा एकजना
महिला सहित दुईजना "सदस्य (छ) रेल्वे प्रशासक - सदस्य-सचिव (३) देहायको कुनै व्यक्ति उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिमको सदस्यमा मनोनयन हुन योग्य हुने “छैनः -
(क) गैर नेपाली नागरिक,
(ख) पच्चीस वर्ष उमेर पूरा नभएको,
(ग) बैङ्क तथा वित्तीय संस्थाको क्रण तिर्न नसकी प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(घ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा ओसारपसार, सम्पत्ति; शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी-कसुरमा सजाय पाएको वा अन्य कुनै फौजदारी कसुरमा तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
(ङ) कुनै “विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको, वा
(च) कुनै लाभको पद धारण गरेको । स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि "लाभको पद" भन्नाले सरकारी कोषबाट पारिश्रमिक वा सुविधा पाउने पद सम्झनु पर्छ।
(४) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम
मनोनीत सदस्यको पदावधि चार वर्षको हुनेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए
तापनि मन्त्रालयले देहायको अवस्थामा उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम मनोनीत सदस्यलाई जुनसुकै बखत पदबाट हटाउन सक्नेछ:-
(क) आफ्नो पदीय जिम्मेवारी पूरा नगरेमा,
(ख) बोर्डको हित विपरीत कुनै काम गरेमा,
(ग) खराब आचरणमा लागेमा, वा
(घ) निजमा कार्य क्षमताको अभाव भएमा।
(६) उपदफा (५) बमोजिम कुनै सदस्यलाई पदबाट हटाउनु अघि निजलाई आफ्नो सफाइ पेश गर्न मनासिब मौका दिनु पर्नेछ।
(७) उपदफा (२) को खण्ड (ङ) र (च) बमोजिम मनोनीत सदस्यको पद देहायको अवस्थामा रिक्त हुनेछ:-
(क) निजले आफ्नो पदबाट राजीनामा दिएमा,
(ख) निजको पदावधि पूरा भएमा,
(ग) निजमा उपदफा (३) बमोजिमको अयोग्यता
भएमा,
(घ) निजलाई उपदफा (५) बमोजिम सदस्य पदबाट
हटाइएमा, वा
(ङ) निजको मृत्यु भएमा।