दफा
बोर्डको स्थापना
(१) नेपालमा रेल्वेको;विकास र विस्तार गरी सुरक्षित, स्तरीय, नियमित र भरपर्दो रूपमा रेल्वे सेवा सञ्चालन गर्ने, गराउने काम समेतको लागि नेपाल रेल्वे बोर्ड स्थापना गरिएको छ।

(२) बोर्डको केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहनेछ र बोर्डले आवश्यकता अनुसार नेपालभित्र शाखा कार्यालय वा स्टेशन कार्यालय खोल्न सक्नेछ।