दफा १३
भाडा तथा शुल्क तोक्ने
(१) बोर्डले यात्रीको भाडा र यात्रीगुण्टा, मालसामानको ढुवानी शुल्क तथा विलम्ब शुल्क तोक्नेछ।

(२) उपदफा (१) बमोजिम बोर्डले विलम्ब शुल्क लाग्ने अवस्था तोकी सो प्रयोजनको लागि वस्तुको वर्गीकरण गर्नेछ।

(३) उपदफा (१) बमोजिम तोकिने भाडा र शुल्क सम्बन्धी विवरण भाडा तथा शुल्क (ट्यारिफ) किताबमा उल्लेख गर्नु पर्नेछ।

(४) उपदफा (१) बमोजिम भाडा तथा शुल्क तोक्ने आधार तोकिए बमोजिम हुनेछ।