दफा १७
माध्यमिक स्टाण्डर्ड
: (१) कार्यकारी स्टाण्डर्ड ठीक बेठीक जाँच्नको लागि नेपाल सरकारले आवश्यकता अनुसार प्रमाणित स्टाण्डर्ड नाप र तौलको सेटहरु तयार गर्न लगाउन सक्नेछ । ती सेटहरुलाई माध्यमिक स्टाण्डर्ड भनिनेछ ।
(२) माध्यमिक स्टाण्डर्ड तोकिएको वस्तु, डिजायन तथा विवरणको हुनेछ । त्यसलाई तोकिएको व्यक्ति वा अधिकारीले प्रमाणित गरी टाँचा लगाई विभागमा  तोकिए बमोजिम राख्नेछ तथा तोकिए बमोजिमको प्रत्येक अवधिभित्र त्यसलाई प्रमुख स्टाडर्डसंग जाँची त्यसमा सो जाँचेको मिति सहितको निस्सा लगाउनेछ ।
(३) उपदफा (२) बमोजिम म्यादभित्र जाँच गरी टाँचा नलगाएको माध्यमिक स्टाण्डर्डको कानूनी मान्यता हुने छैन र यो ऐनको प्रयोजनको लागि प्रयोग गरिने छैन ।